दुई खर्बभन्दा बढी बजेट रकमान्तर

नेपालभ्युज

दुई खर्बभन्दा बढी बजेट रकमान्तर

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखमध्ये दुई खर्बभन्दा बढी बजेट रकमान्तर भएको छ ।

महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनअनुसार सो आवमा दुई खर्ब ५६ अर्ब ४१ करोड तीन लाख रुपैयाँ बजेट रकमान्तर भएको देखिएको हो ।

सोमध्ये २०८१ को असार महिनामा २६ अर्ब ९० करोड ३४ लाख रुपैयाँ असार अन्तिम हप्तामा १५ अर्ब ९८ करोड ३० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरिएको छ । सुरुको बजेटमा नसमेटिएका २३ कार्यक्रममा रकमान्तरबाट थप गरी ११ अर्ब ७५ करोड ९८ लाख बजेट कायम गरिएको देखिएको छ ।

बजेट वक्तव्यमा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजनाबाहेक अन्यत्र रकमान्तर गर्न नपाइने बताइएको थियो । त्यसैअनुरूप, ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट ५ अर्ब २८ करोड ५० लाख रुपैयाँ राष्ट्रिय गौरवका आयोजनाबाहेकका अन्य आयोजनाहरूमा रकमान्तर गरिएको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved