बाहिरी चक्रपथ : आयोजना सुरु नहुँदै साढे १५ करोड खर्च

नेपालभ्युज

बाहिरी चक्रपथ : आयोजना सुरु नहुँदै साढे १५ करोड खर्च

काठमाडौं । बाहिरी चक्रपथ निर्माण सुरु नहुँदै साढे १५ करोड रुपैयाँभन्दा बढी खर्च भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आयोजना सुरु नै नभई आयोजनाको प्रशासनिक काममा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ ।

आयोजना कार्यान्वयन सम्बन्धमा शहरी विकास मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्नेमा प्रतिवेदनले  जोड दिएको छ ।

सरकारले २०६०/६१ मा प्रतिआना पाँच लाख रुपैयाँ दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved