सिरियामाथि प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा, दमास्कसमा उत्सव

नेपालभ्युज

सिरियामाथि प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा, दमास्कसमा उत्सव

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

सिरियाका विदेशमन्त्री असद हसन अल-शैबानीले ट्रम्पको निर्णयलाई देशको पुनर्निर्माणको बाटोमा नयाँ सुरुवातको रूपमा वर्णन गरेका छन् ।

“साउदी अरेबियाको नेतृत्वमा हाम्रा भाइहरूको अडानका लागि धन्यवाद । हामी सिरियाली जनताको लागि योग्य भविष्यतर्फ नयाँ पृष्ठ मोड्दैछौं,” उनले सामाजिक प्लेटफर्म एक्समा लेखेका छन् ।

ट्रम्पको यो घोषणापछि सिरियाली राजधानी दमास्कसमा उत्सवको माहोल छ । राजधानी दमास्कसमा उत्सव मनाउँदै सिरियालीले हवाई फायरिङसमेत गरेको बीबीसीले जनाएको छ ।

गत वर्ष नोभेम्बरमा हयात तहरीर अल-शाम (एचटीएस)को नेतृत्वमा विद्रोहीहरूले असद सरकारलाई अपदस्थ गरेर देशको नियन्त्रण लिएका छन् ।

बसर अल-असदलाई सत्ताबाट हटाइएपछि एचटीएस प्रमुख अहमद अल-शारा उर्फ ​​अबु मोहम्मद अल-जुलानीले देशको जिम्मेवारी सम्हालिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved