इरानप्रति अडान परिवर्तन गर्दै ट्रम्पले भने – सम्झौता गर्न चाहन्छु

नेपालभ्युज

इरानप्रति अडान परिवर्तन गर्दै ट्रम्पले भने – सम्झौता गर्न चाहन्छु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो अडान परिवर्तन गरेका छन् ।

उनी इरानसँग सम्झौता गर्न चाहन्छन् । साउदी अरेबिया भ्रमणमा रहेका ट्रम्पले रियादमा साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने, “म इरानसँग सम्झौता गर्न चाहन्छु । यदि म इरानसँग सम्झौता गर्न सक्छु भने म धेरै खुशी हुनेछु ।”

ट्रम्पले आफ्नो भ्रमण विगतमा इरानका नेताहरूले गरेको अराजकताको निन्दा गर्न मात्र नभई उनीहरूलाई “आशावादी भविष्य”तर्फ “नयाँ र राम्रो बाटो” देखाउन पनि भएको बताए ।

साथै, इरानले क्षेत्र विभाजन र विदेशमा रक्तपातलाई आर्थिक सहयोग गरेकोसमेत उनको आरोप छ ।

ट्रम्पले भने, “यदि इरानी नेतृत्वले छिमेकी देशहरूमा आक्रमण गर्न जारी राख्यो भने हामीसँग कुनै विकल्प रहने छैन र इरानमाथि अधिकतम दबाब दिनुपर्नेछ । यसको लागि हामी इरानको तेल निर्यात पूर्ण रूपमा बन्द गर्नेछौं ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved