क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको निर्णय

नेपालभ्युज

क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “धेरै सोचविचारपछि मैले यस पटकको लागि नेपाल क्रिकेट सङ्घको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन । यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।”

उनले थप भने, “म अगाडिको बाटोको लागि उत्साहित छु — क्रिकेटसँग र त्यसभन्दा बाहिर ।”

आफूलाई निरन्तर सहयोग गरेको भन्दै क्यानप्रति आभार व्यक्त गरेका छन् । नेपाल क्रिकेर र आफ्नो क्रिकेट विकासमा क्यानको महत्वपूर्ण भूमिका रहेको पनि सन्दीपले बताएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved