काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारतसँगको हालैको तनावले पाकिस्तान एक बहादुर राष्ट्र हो भनेर प्रमाणित गरेको बताएका छन् ।
जेलमा रहेका उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “देश मेरो हो र सेना पनि मेरो हो ।”
आफ्नो देशको सेनाले सीमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कथालाई पराजित गरेको खानको दाबी छ । उनले लेखेका छन्, “जसरी हाम्रा सैनिकहरूले सीमामा मोदीलाई पराजित गरे । त्यसरी नै पाकिस्तानी जनताले विशेषगरी सामाजिक सञ्जालमा विश्वभर मोदी र आरएसएसको कथालाई पराजित गरे ।”
उनले थप भनेका छन्, “मोदीले पाकिस्तानमा नागरिक बालबालिका, महिला, वृद्धवृद्धा र प्रतिष्ठानहरूलाई निशाना बनाएर कायरता देखाएका छन्, जसको जवाफ हाम्रा सेनाहरूले पूर्ण शक्ति र सटीकताका साथ दिए।”
कुनै पनि नयाँ आक्रमणको अवस्थामा पाकिस्तान तयार र एकताबद्ध रहनुपर्ने खानको भनाइ छ ।
Facebook Comment
Comment