रियाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका दोहोर्याएका छन् ।
साउदी अरेबिया भ्रमणमा रहेका उनले रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा युद्धविरामको मध्यस्थता गर्न सफल भएकोमा खुसी व्यक्त गरे ।
राष्ट्रपति ट्रम्पले भारत–पाकिस्तानबीचको युद्ध नरोकेको भए लाखौं मानिस मारिन सक्ने अवस्था रहेको बताए ।
‘मलाई युद्ध मन पर्दैन । यसैले मेरो सबैभन्दा ठूलो आशा शान्तिप्रिय मानिसलाई एकताबद्ध गर्ने व्यक्ति बन्नु हो,’ उनले भने, ‘केही दिनअघि मात्र मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविरामको मध्यस्थता गर्न सफल भयो ।’
ट्रम्पले द्वन्द्व रोक्न आफूले व्यापारलाई व्यापक रूपमा प्रयोग गरेको बताए ।
उनले दुवै देश (भारत र पाकिस्तान) का नेताहरूलाई धेरै शक्तिशाली र बलिया नेताको रूपमा वर्णनसमेत गरेका छन् ।
यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले विशेषगरी दुई देशबीच युद्धविराम सम्झौता भएकोमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको प्रशंसा गरे ।
अमेरिका र साउदी अरेबियाबीच १४२ अर्ब डलरको हतियार सम्झौता
Facebook Comment
Comment