साफ यू–१९ च्याम्पियनसिप

भारतसँग पराजित भएपछि नेपाल समूहको उपविजेता, फाइनल प्रवेशका लागि बङ्गलादेश प्रतिद्वन्द्वी

नेपालभ्युज

भारतसँग पराजित भएपछि नेपाल समूहको उपविजेता, फाइनल प्रवेशका लागि बङ्गलादेश प्रतिद्वन्द्वी

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–० गोलको भारी अन्तरले पराजित भएको छ ।

समूह चरणको अन्तिम खेलमा जित निकालेको भारत समूह विजेता बन्न सफल भएको हो । पराजित भएसँगै नेपाल उपविजेतामा सीमित बनेको छ ।

अरुणाचलस्थित गोल्डेन जुबिली रंगशालामा घरेलु टोली भारतका लागि खेलको २८ औं मिनेटमा रोहेन सिंहले गोल गरे । यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २–० को अग्रता बनायो ।

पहिलो हाफमा २–० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो । ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे ।

भारत यतिमा मात्र रोकिएन । ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे । यससँगै नेपालले भारतसँग फराकिलो अन्तरको हार बेहोरेको छ ।

भारतले यसअघि श्रीलङ्कालाई ८–० ले हराएको थियो । आयोजक ६ अंकसहित समूह विजेता बन्न सफल रहयो । नेपालले यसअघि श्रीलङ्कालाई ५–० ले हराएको थियो । ३ अंकसहित नेपाल समूहको दोस्रोमा रहेकाे छ ।

अब सेमिफाइनलमा शुक्रबार भारतले समूह ‘ए’को उपविजेता माल्दिभ्ससँग र नेपालले समूह ‘ए’को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved