काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला सङ्घको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छिन् ।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सम्पन्न महिला सङ्घको राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष यादवसहित ४७ सदस्यीय केन्द्रीय समिति निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त चन्देश्वर प्रसाद सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको उपाध्यक्षमा प्रमिलाकुमारी सिंह, सुनीतादेवी मोची, दिना लामा, सीमा नेसा र महासचिवमा भगवती सुवेदी निर्वाचित भएका छन् । त्यस्तै समितिको उपमहासचिवमा सर्निताकुमारी यादव, सचिवमा सरस्वती जयसवाल, सवनम अन्सारी र कोषाध्यक्षमा प्रमिला गिरी निर्वाचित भएका छन् ।
समितिका केन्द्रीय सदस्यहरूमा अम्भु सिंह, रेणुका सिंह, उषा कुमारी, निर्मलादेवी रमण, सावित्री पण्डित, सुधा दास, विनिताकुमारी सिंह, पावित्री साह, ललितादेवी साह, लालीमाया तामाङ, सीताकुमारी यादव, सुशीला घलान, ललिता यादव र वसन्तीदेवी निर्वाचित भएका छन् ।
यस्तै नुनीयाकुन्ता राई, सपना अधिकारी, शर्मिला राई, रीता खापुङ, बन्दना कर्ण, सफिना खातुन, सब्बो खातुन, इश्रत खातुन, शान्ता तामाङ मोक्तान, फूलमाया नेम्वाङ, मनुमाया मोक्तान, अम्बिकाकुमारी विश्वकर्मा, सुनीतादेवी महरा, ज्योति खम्बु, रिपल राई, ओममाया आङदेम्बे, स्त्रीमाया तामाङ, गीता कार्की, सरस्वती पोखरेल, कोपिला कार्की, गायत्री यादव, लीला परियार र मधु सोनकर पनि केन्द्रीय सदस्य बनेका छन् ।
Facebook Comment
Comment