नौलिन भद्रकाली जात्रा (तस्वीरहरू)

नेपालभ्युज

नौलिन भद्रकाली जात्रा (तस्वीरहरू)

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-१३ मा वैशाख २७ गते त्रयोदशी अर्थात् बचलाथ्व त्रयोदशीदेखि ६ दिन सम्म मनाइने श्री नौलिन (नौलिङ्गेश्वरी) भद्रकाली जात्रामा आज सिन्दुर जात्रा गरी तीन दिदीबहिनी (तुपेक भद्रकाली, चपली भद्रकाली, चुनीखेल भद्रकाली) र गणेशको खटसहित नगरपरिक्रमा गरिएको छ ।

काठमाडौं उपत्यकाको प्राचीन एवं सबैभन्दा पुरानो कालीमन्दिरमध्येको एक मानिने नौलिन मन्दिरको यो जात्रा पनि प्राचीन जात्रामध्येको एक हो । यस जात्राको पहिलो दिन नौलिन मन्दिरमा पञ्चबलि दिने गरिन्छ ।

तीन दिदीबहिनी र गणेशको खट सहित टुसाल, गाम्चा, शापाटार, चपली र चुनिखेल क्षेत्र परिक्रमा गरिन्छ ।

हेरौं तस्वीर –

 

 

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved