रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा

नेपालभ्युज

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर बन्दीप्रत्यक्षीकरणको रिट लगातार दोस्रोपटक हेर्न नमिल्नेमा पुगेको छ । रिटमा मंगलबार सर्वोच्च अदालतमा पेसी तोकिए पनि हेर्न नमिल्ने भएको हो ।

गएको आइतबार न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको मुद्दामा हेर्न नमिल्ने भएको थियो । मंगलबार न्यायाधीश हरिप्रसाद फुयाल र तिल प्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो ।

आइतबार न्यायाधीश सुनिल कुमार पोखरेलको कारण हेर्न नमिल्ने भएको थियो । अधिवक्ता हुँदा रविका विभिन्न मुद्दाहरूमा पोखरेलले वकालत गरेका थिए ।

भने, मंगलबार न्यायाधीश हरिप्रसाद फुयालको कारण लामिछानेको रिटमा हेर्न नमिल्नेमा पुगेको हो । न्यायाधीश फुयालले यसअघि लामिछानेको पासपोर्टसम्बन्धी मुद्दामा निरुपण गरेका थिए ।

९ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश जारी गरेका थिए । त्यसपछि आइतबार पेसि तोकिएको यो रिटमा लामिछानेको यो मुद्दामा  मंगलबार पेसी तोकिएको थियो ।

बन्दीप्रत्यक्षीकरण सँगै एक साथ राखेर उच्च अदालतले थुनाम पठाउने दिएको आदेशविरुद्धको मुद्दामा समेत सोही इजलासमा राखिएको थियो । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छोड्न दिएको आदेशलाई उल्ट्याउँदै उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएपछि उच्चविरुद्ध लामिछाने सर्वोच्च पुगेको मुद्दासमेत हेर्न नमिल्नेमा पुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved