अष्ट्रेलियन क्रिकेट बोर्डले भन्यो : आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय

नेपालभ्युज

अष्ट्रेलियन क्रिकेट बोर्डले भन्यो : आईपीएल खेल्न भारत जानु खेलाडीको व्यक्तिगत निर्णय

काठमाडौं । भारत–पाकिस्तानबीचको संघर्षविरामपछि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता मे १७ (जेठ ३ गते)देखि पुनः सुरु हुँदैछ । भारत र पाकिस्तानबीच शनिबार भएको संघर्षविरामपछि आईपीएल मे १७ देखि पुनः सुरु हुने भएको हो ।

यद्यपि विदेशी खेलाडीहरूको उपलब्धता अझै अन्योलमा रहेको छ । यसैबीच, अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया) ले खेलाडीहरूलाई भारत फर्कनु निजी निर्णय भएको बताएको छ र त्यसको समर्थन गर्ने जनाएको छ ।

‘भारत फर्कनु वा नफर्कनु भन्ने निर्णय खेलाडीहरूको व्यक्तिगत हुनेछ र हामी त्यसको सम्मान गर्छौं,’ क्रिकेट अष्ट्रेलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जो खेलाडी आईपीएलको बाँकी खेल खेल्ने निर्णय गर्छन्, तिनीहरूका लागि विश्व टेस्ट च्याम्पियनसिप फाइनलको तयारी गर्न टोली व्यवस्थापनले आवश्यक व्यवस्था मिलाउनेछ ।’

मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द भएपछि मे ९ मा आईपीएल एक हप्ता स्थगित गरिएको थियो । पुनः जारी गरिएको तालिकाअनुसार आईपीएलको फाइनल जुन ३ मा हुनेछ ।

यसपछि केवल एक हप्ता अर्थात् जुन ११ मा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच विश्व टेस्ट च्याम्पियनसिपको फाइनल लड्र्समा सुरु हुनेछ ।

हेजलवुड र मिचेल स्टार्कसँगै अष्ट्रेलियाका अन्य चार सम्भावित खेलाडीहरू (कप्तान प्याट कमिन्स, ट्राविस हेड, जोश इंग्लिस र मिच स्टार्क) आईपीएलमा सहभागी भइरहेका छन् ।

आईपीएल जेठ ३ मा पुनः सुरु हुँदै, फाइनल २० गते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved