आईपीएल

आईपीएल जेठ ३ मा पुनः सुरु हुँदै, फाइनल २० गते

नेपालभ्युज

आईपीएल जेठ ३ मा पुनः सुरु हुँदै, फाइनल २० गते

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आगामी जेठ ३ गतेबाट पुनः सुरु हुनेछ ।

आईपीएलले आफ्ना सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो ।

यस सिजनको फाइनल भने जेठ २० गते हुने तय भएको छ ।

यही वैशाख २५ गते पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आईपीएल एक हप्ताका लागि स्थगित गरिएको थियो ।

हिमाचल प्रदेशको धर्मशालामा आईपीएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो । यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरियो ।

भारतीय रक्षा मन्त्रालयका अनुसार वैशाख २५ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको थियो ।

अहिले दुबै देशले युद्धविराम गरेपछि आईपीएल पुनः सुचारु हुने वातावरण बनेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved