काठमाडौं । हलिउड अभिनेत्री एम्बर हेर्ड जुम्ल्याहा बच्चाको आमा बनेकी छन् ।
हेर्डले इन्स्टाग्राममार्फत एक छोरा र एक छोरीलाई स्वागत गर्दै लेखेकी छन्, “Ocean (छोरा) र Agnes (छोरी)ले हाम्रो परिवारमा पाइला टेके ।”
३९ वर्षीया हेर्डले सन्तान जन्माउने क्रममा भोगेका चुनौतीहरूको उल्लेख गर्दै लेखेकी छन्, “आफ्नै तरिकाले जिम्मेवारीपूर्वक आमा बन्न पाउनु मेरो जीवनको सबैभन्दा नम्र बनाउने अनुभव हो । यसलाई छान्न पाएकोमा म सदैव आभारी छु ।”
न्यायिक विवादपछि स्पेनको म्याड्रिडमा बसोबास गरिरहेकी हेर्डले दुई नवजात शिशुको खुट्टाको तस्वीर सेयर गरेकी छन् ।
हर्डले सन् २०१५ मा हलिउड अभिनेता जोनी डेपसँग विवाह गरेकी थिइन् । उनीहरूको सम्बन्ध दुई वर्ष मात्र टिक्यो । त्यसपछि सन् २०२२ मा उनीहरू बीच कानुनी लडाइँ भयो, जुन सारा संसारले देखेको थियो । मुद्दा हारेपछि एम्बर स्पेनमा बस्न थालिन् । उनी सन् २०२१ मा आमा बनिन् र उनको पहिलो सन्तान सरोगेसी मार्फत जन्मिएको थियो ।
Facebook Comment
Comment