काठमाडौं । सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा “EVolve to RIDDARA Xchange” नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
यो सीमित अवधिको अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर शक्तिशाली र बहुप्रशंसित ईभी पिकअप रिड्डारा केवल २० प्रतिशत डाउनपेमेन्टमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
गीली अटो ग्रुपको विश्वस्तरीय प्रविधि र सिजी मोटर्सको दिगोपनप्रतिको प्रतिबद्धता समेटिएको रिड्डारा, दक्षता र व्यवहारिकताको आदर्श संयोजन हो ।
कम्पनीकाअनुसार ४२४ किलोमिटरको उत्कृष्ट रेञ्ज र ७३ किल оват-आवरको शक्तिशाली ब्याट्री क्षमतासहित यो पिकअप आफ्नो सेग्मेन्टमा अब्बल स्थानमा रहेको छ ।
नेपालको बहुआयामिक भूगोललाई सहजै पार गर्न सक्षम बनाउँदै रिड्डारामा स्यान्ड, मड, अफरोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट जस्ता ७वटा सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका ड्राइभिङ मोडहरू छन् । साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेराले सुरक्षालाई अझ बलियो बनाउँदै पूर्ण दृश्य प्रदान गर्दछ, जसले चालकलाई विश्वस्त र सहज अनुभव दिलाउँछ ।
यस योजनालाई अझ आकर्षक बनाउन, कम्पनीले नगद छुट, अतिरिक्त एक्सचेन्ज बोनस, निःशुल्क एसेसोरी, एक वर्षको बीमा, निःशुल्क ७ किलोवाट चार्जर, र एक वर्षको सडक कर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ, जसले ग्राहकको लगानीमा अधिकतम मूल्य प्रदान गर्दछ ।
रिड्डाराले चीनमा नम्बर १ ईभी पिकअपको मान्यता प्राप्त गरिसकेको छ भने यसको निर्माणकर्ता गीली अटो ग्रुप चीनका शीर्ष १० अटोमोबाइल कम्पनीहरूमध्ये एक हो ।
Facebook Comment
Comment