काठमाडौं । हमासले इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने बताएको छ ।
एडेन अलेक्ज्याण्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन् । हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक भागको रूपमा यो कदम चालिरहेको छ ।
हमासको यो निर्णय यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार मध्यपूर्वको भ्रमणमा जाँदैछन् ।
हमासले यसले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको छ । विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ ।
यसअघि हमासका एक वरिष्ठ अधिकारीले बताएअनुसार प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा छ ।
यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले इडेन अलेक्ज्याण्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा एडन अलेक्ज्याण्डरको रिहाइको पुष्टि गरेका छन् ।
एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनको हुर्काइ अमेरिकाको न्यू जर्सीमा भएको थियो ।
२१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गरिरहेका थिए, जब उनलाई अक्टोबर ७ मा हमासले पक्राउ गरेको थियो ।
Facebook Comment
Comment