यू–१९ च्याम्पियनसिप फुटबल

श्रीलंकालाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा

नेपालभ्युज

श्रीलंकालाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यससँगै नेपालले ३ अंक प्राप्त गरेको छ ।

नेपालका लागि सुजन डंगोल, धवेन्द्र कुँवर, विज्ञान खड्का, लछु थापा र सुवास बमले गोल गरे ।समुह बी मै रहेको भारत पनि सेमिफाइनलमा पुगिसेकको छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ८ ० गोलअन्तरले हराएको थियो ।

लगातार २ खेलमा पराजित भएको श्रीलंका प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । अब मंगलबार हुने नेपाल र भारतबीचको खेलबाट समूह विजेताको छिनोफानो हुनेछ ।

अर्को समूहको खेलमा भने भुटानलाई ३-० गोलअन्तरले पराजित गर्दै बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved