एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

नेपालभ्युज

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा बिहीबारबाट संचालनमा ल्याएको छ ।

भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टु जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।

सप इन सपबाट ग्राहकहरूले एनसेलका सेवा, सुविधासम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरू एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरू, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन् ।

‘अब हाम्रा ग्राहकहरूले सबै ग्राहक सेवाहरू नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रुपमा संचालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणाअनुरुप हामीले देशैभर विभिन्न स्थानहरूमा थप सप इन सपहरू संचालनमा ल्याउने योजनाअनुसार काम गरिरहेका छौं जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउनेछ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्मअनुसार ग्राहकहरूलाई सेवा प्रदान गर्न सधैँ प्रतिबद्ध छौँ,’ रोड्रिगेजले भने ।

रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकहरूलाई विभिन्न उपहारहरू पनि वितरण गरेका थिए ।

आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरूलाई सेवा प्रदान गर्नेछ । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरू पनि संचालन गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved