कास्की । पोखराको लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण एक स्ट्याण्डिङ्ग डबल प्याडल डुङ्गा पल्टिदा तालमा फसेका सबैजनाको गद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले डुङ्गामा सवार सात जनाकै सकुशल उद्धार गरेको हो ।
डुङ्गामा भारत घर भएका २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रविण दिक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग सवार थिए।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले तत्कालै उद्धार कार्य सुरु गरेको थियो। उद्धारपछि नन्दबहादुर गुरुङ्गलाई स्वास्थ्यमा समस्या देखिएपछि गण्डकी मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ। अन्य छ जनाको अवस्था भने सामान्य रहेको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
बिहीबार साँझ फेवातालमा सात जना सवार डुङ्गा पल्टिएको थियो ।
Facebook Comment
Comment