भारत–पाकिस्तान तनावको केन्द्रमा रहेका अजहरको काठमाडौं कनेक्सन

नेपालभ्युज

भारत–पाकिस्तान तनावको केन्द्रमा रहेका अजहरको काठमाडौं कनेक्सन

काठमाडौं । २५ वर्ष अगाडि सन् १९९९ मा काठमाडौंबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली पुग्नै पाएन । उडान नम्बर आईसी-८१४  को उक्त विमान जमिन छाडेको १५ मिनेटमै आतकंवादीको कब्जामा पर्‍यो ।

अपहरणकारीले उक्त विमानलाई भारतको अमृतसर, पाकिस्तानको लाहोर र दुबईहुँदै अफगानिस्तानको कान्दहार पुर्‍याए ।

८ जना नेपालीसहित १८७ जना सवार उक्त विमानको फिरौती स्वरुप भारतले आफ्नो जेलमा रहेका ‘हर्कत उल मुजाहिद्दिन’का प्रमुख कुख्यात आतकंवादी मसूद अजहरलाई रिहा गर्नुपर्‍यो । त्यतिबेला विमान अपहरणकर्ता आतकंवादीले विमानमै एक जनाको हत्या गरेका थिए ।

२२ अप्रिलमा भएको पहलगाम हमलाको जवाफमा भारतले चलाएको ‘अपरेसन सिन्दुर’ अन्तर्गतको  आक्रमणमा परेर मसूद अजहरका परिवारका १० जना सदस्य बुधार नै मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएकाछन् ।

भारतीय सञ्चार माध्यमहरूले यो विमान अपहरणका मास्टर माइन्ड अब्दुल रउफ अजहर भारतीय ड्रोन आक्रमणमा गम्भीर घाइते भएको बताइरहेका छन् । भारतले बुधबार गरेको आक्रमणमा रऊफ परिवारका १० जना मारिइसकेका छन् ।

रउफले सन् २००२ मा अमेरिकी पत्रकार ड्यानियल पर्ललाई अपहरण गरी हत्या गरेका थिए । रऊफको समूहले पत्रकार ड्यानियलको हत्या गरेको भिडियो नै सार्वजनिक गरेको थियो ।

विमान अपहरणपछि भारतीय जेलबाट रिहा भएका मसूद अजहरले ‘जैश–ए–मोहम्मद’ नामको आतङ्कवादी संगठन बनाए । सन् २००१ मा भारतको संसद भवनमा भएको हमला, २०१६ को पठानकोट र २०१९ को पुलवामाको आतङ्कवादी हमलामा पनि मसूदको ‘जैश–ए–मोहम्मद’ को हात रहेको भारतको निष्कर्ष छ ।

यही कारण भरातले ‘अपरेसन सिन्दुर’का क्रममा ‘जैश–ए–मोहम्मद’का आतकंवादीहरूको अड्डालाई निशाना बनाइरहेको दाबी गरेको छ । यो आक्रमणको मुख्य निशाना बनिरहेका छन् जैश–ए–मोहम्मद र यसका प्रमुख मसूद अजहर ।

मसूद अजहरले आतंकवादी संगठन जैश–ए–मोहम्मद र हरकत–उल–मुजाहिद्दीनका संस्थापक हुन् ।

मसूदका भाइ रऊफ अजहरले अपहरण गरेको विमान र यात्रु फिर्ता लिन भनेर तत्कालीन भारतीय विदेशमन्त्री जसवन्त सिंह आफैँ कान्दहार पुगेका थिए । यही विमान अपहरणपछि नेपालको विमानस्थलमा भारतले आफ्ना विमानको थप सुरक्षा गर्ने काम गर्न थाल्यो । यही कारण आज पनि विमानस्थका सबै सुरक्षा जाँच पार गरिसकेपछि विमान चढ्ने बेलामा भारतले छुट्टै सुरक्षा जाँच गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved