सनाखत नहुँदा चार दिनदेखि अस्पतालमै शव

नेपालभ्युज

सनाखत नहुँदा चार दिनदेखि अस्पतालमै शव

दमौली । तनहुँको व्यास नगरपालिका–४ जलदेवी टोलस्थित सडक छेउमा वैशाख १९ गते फेला परेका एक व्यक्तिको निधन भए पनि अझै सनाखत हुनसकेको छैन ।

बेवारिसे अवस्थामा फेला परेको अन्दाजी ४०÷४५ वर्षीय पुरुषलाई बिरामी अवस्थामा फेला पारेर उद्धार गरी अस्पताल पठाइएकामा सोही दिन साँझ मृत्यु भएको थियो । उक्त शव चार दिनदेखि प्रदेश अस्पताल दमौलीमा राखिएको र हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सो घटनाका सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए ।

खैरो रङको ज्याकेट, निलो रङको पाइन्ट लगाएको, पाँच फिट छ इन्च उचाइ भएको ती पुरुषलाई कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved