एमाले धनुषा अधिवेशनमा दुई समूहबीच झडप, मतदान प्रक्रिया रोकियो

एमाले धनुषा अधिवेशनमा दुई समूहबीच झडप, मतदान प्रक्रिया रोकियो

जनकपुरधाम । नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनमा दुई समूहबीच विवाद उत्पन्न भइ झडप भएको छ ।

दुई समूह बीचको विवादले उग्ररुप लिँदा कुटाकुट भएर मतदान प्रक्रियासमेत रोकिएको छ । अधिवेशनस्थलमै कुर्सी तोडफोड र मतपत्रसमेत च्यातिएको छ ।

विवादको कारण विधानविपरीत उम्मेदवारी परेको भन्दै उठेको असन्तोष हो ।

अध्यक्ष पदका उम्मेदवार लक्ष्मीनारायण यादवले उपसचिवकी उम्मेदवार रुकाकुमारी मिश्र र लेखा समिति अध्यक्षका उम्मेदवार वीरेन्द्रलाल कर्णको उम्मेदवारी पार्टी विधान विपरीत भएको दाबी गरे । उनले निर्वाचन समितिमाथि निष्पक्षता नदेखाएको आरोप पनि लगाए ।

अधिवेशनमा रघुवीर महासेठ पक्षले भोला यादवलाई अध्यक्षमा अघि सारेको छ भने यादव, मण्डल, अरगरिया र झासहितको समूहबाट लक्ष्मीनारायण यादव अध्यक्ष पदमा छन् । दुवै पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।

मङ्गलबार बिहान ८ बजेदेखि मतदान हुने तालिका थियो तर विवादका कारण स्थगित भएको छ ।

महासेठ पक्षधरले निष्पक्ष निर्वाचन र मतपत्र च्यात्नेलाई कारबाही गर्न माग गरेका छन् । सो क्रममा वर्तमान अध्यक्ष राजकिशोर यादवलाई लखेटिएको थियो ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिनेछ । तर, कुटाकुट र विवादका कारण निर्वाचन अन्योलमा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved