सेती नदीमा बेपत्ता युवकको शव भेटियो

नेपालभ्युज

सेती नदीमा बेपत्ता युवकको शव भेटियो

काठमाडौं । पौडी खेल्ने क्रममा सेती नदीमा बेपत्ता भएका युवकको शव भेटिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१४ खाल्टेमसिनास्थित सेती नदीमा पौडी खेल्ने क्रममा बाग्लुङ्ग निसिखोला गाउँपालिका–३ घर भएका १८ वर्षीय युवराज विक सोमबार दिउँसो बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले अन्दाजी १८ फिटको गहिराइबाट विकको शव निकालेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved