त्रिवि क्रिकेट मैदानमा प्यारपिट र फ्लडलाइट जडान दुई महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन

नेपालभ्युज

त्रिवि क्रिकेट मैदानमा प्यारपिट र फ्लडलाइट जडान दुई महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री  केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य आगामी दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।

तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।

वैशाख २४ गतेभित्र निर्माण सम्पन्न गर्ने यसअघिको समयसीमाभित्र निर्माण कार्य अपुरो रहेकोमा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘कुन लापरबाही, कमजोरी वा के कारणले निर्माण समयमा हुन सकेन र अब कति दिनमा गुणस्तरीय काम पुरा हुन्छ भन्ने यकिन गरी आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्नु,’ प्रधानमन्त्री ओलीको निर्देशन छ ।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा प्रधानमन्त्री ओलीले निर्माण कम्पनीका प्रतिनिधिलाई समेत राखेर मुख्य सचिव,सहरी विकास मन्त्रालयका सचिव लगायतसँग छलफल गरेका थिए ।

त्रिवि क्रिकेट मैदानबारे सिंहदरबारमा भएको छलफल

निर्माण कम्पनीका प्रतिनिधिले एलसी खोल्ने प्रक्रियामा ढिलाइ भएको जस्ता कारणले सम्झौतामा तोकिएको अवधिमा काम हुन नसकेको स्वीकार्दै एक महिनामा काम सक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छलफलमा प्यारापिटतर्फ वित्तीय प्रगति ४५.१९ र भौतिक प्रगति ५५ प्रतिशत तथा फ्लड लाइटतर्फ वित्तीय प्रगति २३.८१ र भौतिकतर्फ ३५ प्रतिशत प्रगति भएको जानकारी प्रधानमन्त्री ओलीलाई गराइएको छ । । प्यारापिटका लागि रु ४९ करोड २५ लाख ६७ हजार तीन सय दुई र फ्लडलाइटका लागि रु ४७ करोड ३७ लाख ६८ हजार ७७ मा सम्झौता गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved