मोटरसाइकल हाइटेन्सन लाइनको पोलमा ठोक्किँदा एक जनाको मृत्यु

नेपालभ्युज

मोटरसाइकल हाइटेन्सन लाइनको पोलमा ठोक्किँदा एक जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

भैरहवा । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनका रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए ।

आज स्थानीयले हाइटेन्सन पोलमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका छिन् । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाका कारण भएको बताए । “हामीले त्यस क्षेत्रको सीसीटीभी क्यामेराको रेकर्ड हेर्दा उहाँको दुर्घटना देखियो, थप अनुसन्धान भइरहेको छ”, उनले भने ।

सीसीटीभी रेकर्डमा लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल–११ कालिका पथमा विद्युत्‌को वालमा ठोक्किँदा दुर्घटना भएको देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको सीसीटीभी दृश्यमा राति २ः१५ बजे दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल पोल नजिकै थुपारिएको निर्माण सामग्री हुँदै पोलमा ठोक्किएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved