विद्यालय परिसरमा विद्यार्थीले नेपाली बोले जरिवाना नगर्न काठमाडौं महानगरको निर्देशन

नेपालभ्युज

विद्यालय परिसरमा विद्यार्थीले नेपाली बोले जरिवाना नगर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गर्ने विद्यार्थीलाई जरिवाना वा दण्डित गर्ने कार्य तत्काल बन्द गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सोमबार सूचना जारी गर्दै केही विद्यालयहरूले शिक्षणको माध्यम अङ्ग्रेजी भएपनि विद्यालय परिसरमा नेपाली भाषा बोल्ने विद्यार्थीलाई जरिवाना गर्नेजस्ता गतिविधि गरिरहेको गुनासो प्राप्त भएको जनाएको छ ।

सूचनामा भनिएको छ, “यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ ।”

महानगरले विद्यालयहरूलाई शिक्षण अङ्ग्रेजी भाषामा भए पनि नेपाली भाषाको प्रयोगमा कुनै प्रतिबन्ध नराख्न स्पष्ट निर्देशन दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved