काठमाडौं । नेकपा माओवादीका सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम भएपनि यसमा बजेट प्रर्याप्त नभएको भन्दै आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गर्न माग गरेका हुन् ।
उनले भने, ‘सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम थियो । यस कार्यक्रम अन्तरगत स्वीकृत लाभग्राही २ लाख १४ हजार थिए । लाखाैं परिवार आज प्रभावित छन् । २०८२ र ०८३ आर्थिक वर्षमा विनियोजित रकम ३५ करोड थियो । आवश्यक रकम दुई अर्ब ९६ करोड रुपैयाँ छ । सरकारले पैसा दिने आशामा ७५ हजार ऋण लिएर छानो हालियो, ब्याज आज डबल भयो । जनता सुरक्षित होइन असुरक्षित भएका छन् । ऋणको पासोमा परेर जनता पीडित भएका छन् । आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गरियोस् । सरकार छैन भनिरहेका बेला सरकार देखा पर्नुपर्यो ।’
Facebook Comment
Comment