लुलाङ-गुर्जा सडक : भालुखोरिया खण्डको ट्रयाक खुल्यो

नेपालभ्युज

लुलाङ-गुर्जा सडक : भालुखोरिया खण्डको ट्रयाक खुल्यो

म्याग्दी । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।

धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ ।

लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले रु दुई–दुई करोडका बजेट विनियोजन गरेकामा रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै चार किलोमिटर ४०० मिटर सडकमार्ग निर्माण भएको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved