गभर्नर नियुक्तिमा ढिलासुस्तीमा सत्तारूढ सांसदकै विरोध

नेपालभ्युज

गभर्नर नियुक्तिमा ढिलासुस्तीमा सत्तारूढ सांसदकै विरोध

काठमाडौं । गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्तीप्रति सत्तारूढ सांसदले नै विरोध गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै काङ्ग्रेस सांसद रामहरी खतिवडाले गभर्नर नियुक्तिमा भइरहेको ढिलासुस्ती जायज नभएको बताए । उनले तत्काल गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न माग गरेका छन् । ‘बजेट ल्याउने बेलामा मौद्रिक नीति र वित्तीय नीतिको मूल्याङ्कन  गर्नुपर्ने बेलामा गभर्नर नहुँदाको अवस्थामा राम्रो व्याख्या गर्न नसक्ने स्थिति सृजना भयो,’उनले भने ।

राष्ट्र बैङ्क ऐन २०५८ अनुसार गभर्नर रिक्त हुनु एक महिना अगावै गभर्नर नियुक्तिको सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

महाप्रसाद अधिकारीको गभर्नरको कार्यकाल चैत २० मा सकिए पनि सरकारले हालसम्म गभर्नर नियुक्त गर्न सकेको छैन । गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिलाई बन्धक बनाएको भन्दै त्यसका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर बनाउनका लागि गुणाकर भट्टको नाम दिएका छन् । उनले गभर्नर बन्नका लागि राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट राजीनामा दिएपनि कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले भने उनको राजीनामा स्वीकृत गरेकी छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved