गगन थापाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

नेपालभ्युज

गगन थापाविरुद्धको मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा मङ्गलबार सुनुवाइ सकिएको हो । मुद्दा इजलासको पहिलो नम्बरमा परेको थियो ।

अनन्तराज लुईंटेलले थापाविरुद्ध गत आइतबार अवहेलना मुद्दा दर्ता गराएका थिए ।

थापाले गत बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित संवाद कार्यक्रममा सर्वोच्च अदालतले ‘डिल गरिरहेको छ, हान्दिऊँ हान्दिऊँ भनिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको सो अभिव्यक्ति स्वतन्त्र न्यायपालिकाको गरिमा र आस्थामा आघात पार्ने खालको रहेको भन्दै कारबाहीको मागसहित निवेदन पेस भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved