काठमाडौं । भारतले १६ पाकिस्तानी युट्युब च्यानललाई प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्ध लगाइएका च्यानलहरुमा डन न्यूज, इर्शाद भट्टी, समा टिभी, एआरवाई न्यूज, बोल न्यूज, रफ्तार, द पाकिस्तान रेफरेन्स, जियो न्यूज, समा स्पोर्ट्स, जीएनएन, उजैर क्रिकेट, उमर चीमा एक्सक्लुसिभ, अस्मा शिराजी, मुनीब फारुक, सुनो न्यूज एचडी र राजी नामा छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार यी च्यानलहरूले आफ्नो देश र सुरक्षा एजेन्सीविरुद्ध झूटा र भ्रामक समाचार सम्प्रेषण गरेको आरोप छ । गृह मन्त्रालयको सिफारिसपछि सरकारले यो कारबाही गरेको हो ।
साथै, केन्द्र सरकारले पहलगाम आक्रमणसम्बन्धी रिपोर्टिङका विषयमा बीबीसीलाई पत्र लेखेको छ । “परराष्ट्र मन्त्रालयको एक्सपी विभागले बीबीसी भारत प्रमुख ज्याकी मार्टिनलाई भारतको गम्भीर भावना व्यक्त गरेको छ,” एक वरिष्ठ सरकारी अधिकारीले भने । उनले थपे, “एक औपचारिक पत्रमार्फत बीबीसीलाई आतङ्ककारीहरूलाई ‘उग्रवादी’ भनेर उल्लेख गरेको विषयमा आपत्ति जनाइएको छ ।”
ती अधिकारीका अनुसार एक्सपी विभागले बीबीसीको रिपोर्टिङमा पनि निगरानी राख्ने जनाएको छ ।
Facebook Comment
Comment