गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

नेपालभ्युज

गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
प्रतीकात्मक तस्वीर

गोरखा । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।

आइतबार साँझ अन्दाजी ७ः५० बजे घरमा बसिरहेका बेला एक्कासी परेको चट्याङ लागेर खनाल गम्भीर घाइते भएका थिए । घाइते खनाललाई प्रदेश अस्पताल गोरखामा उपचारका लागि ल्याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

मृतकको शव अहिले परीक्षणका लागि अस्पतालमा राखिएको छ । त्यस्तै, आइतबार साँझ नै पालुङटार नगरपालिका–७ स्थित च्याङलीमा चट्याङ लागेर ५० वर्षकी सुकमायाँ आले, १८ वर्षीया विपना आले घाइते भएका छन् ।

घाइते दुवै जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved