हत्कडीसहित फरार भएकी महिला भारतमा पक्राउ

नेपालभ्युज

हत्कडीसहित फरार भएकी महिला भारतमा पक्राउ
सांकेतिक तस्वीर

धनगढी । कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतमा पक्राउ गरिएको छ ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिबार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाइलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको पुष्टी गरे ।

दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved