काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।
आइतबार राति वेम्बली स्टेडियममा भएको खेलमा सिटीले उत्कृष्ट प्रदर्शन गर्दै नटिङहम फरेस्टलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अब उपाधिका लागि सिटीले क्रिस्टल प्यालेससँग प्रतिस्पर्धा गर्नेछ। क्रिस्टल प्यालेसले यसअघि नै एस्टन भिल्लालाई २-१ ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।
खेलको दोस्रो मिनेटमै रिको लेविसले माटेओ कोभासिसको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यसपछि खेलको ५१औं मिनेटमा जस्को गार्डिओलले ओमार मारम्सको पासमा गोल गर्दै सिटीको जित सुनिश्चित गरे।
सात पटकको एफए कप विजेता म्यानचेस्टर सिटी लगातार तेस्रो पटक यस प्रतियोगिताको फाइनलमा पुगेको हो। सिटीले पछिल्लो पटक सन् २०२३ मा एफए कपको उपाधि जितेको थियो भने सन् २०२४ को फाइनलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो।
Facebook Comment
Comment