बङ्गालको खाडीको प्रभाव: यी प्रदेशहरूमा वर्षा र हावाहुरीको चेतावनी

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरूका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

नेपालभ्युज

बङ्गालको खाडीको प्रभाव: यी प्रदेशहरूमा वर्षा र हावाहुरीको चेतावनी

काठमाडौं । बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हावाहुरीको सम्भावना बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरूका साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाले यस मौसमी प्रणालीले कृषि, दैनिक जनजीवन, सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved