शिक्षकमाथि बल प्रयोग र धम्की कुशासनको उदाहरण : शेखर कोइराला

नेपालभ्युज

शिक्षकमाथि बल प्रयोग र धम्की कुशासनको उदाहरण : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षक माथि बल प्रयोगको घटनाको निन्दा गरेका छन् । उनले स्थानीय तहमार्फत शिक्षकहरूलाई धम्क्याउने काम भइरहेको भन्दै विरोध समेत जनाएका छन् ।

आन्दोलनको एक महिनासम्म माग सम्बोधन नगरेर दमन गर्नु कुशासनको उदाहरण रहेको उनको भनाइ छ । ‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ कोइरालाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो।’

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० देखि राजधानी केन्द्रित आन्दोलनमा छन् । आइतबार झडप हुँदा ६० जना शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved