साढे तीन अङ्कले बढ्यो सेयर बजार 

नेपालभ्युज

साढे तीन अङ्कले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर २६६१ दशमलव ६० को विन्दुमा पुगेको छ ।

आइतबार ३१४ कम्पनीका ८९ हजार १६१ पटकको कारोबारमा २ करोड ८४ हजार ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ । आज नगदी ग्रुपमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved