आईपीएल

पञ्जाब र कोलकाताको खेल वर्षाले रद्द, प्रभसिमरनका लागि अविस्मरणीय

नेपालभ्युज

पञ्जाब र कोलकाताको खेल वर्षाले रद्द, प्रभसिमरनका लागि अविस्मरणीय

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ ।

शनिबार इडेन गार्डेनमा भएको खेलमा २०१ रन बनाए पनि पञ्जाबले केवल एक अङ्कमा चित्त बुझाउनु पर्यो ।

वर्षाका कारण रद्द भएको यो खेलमा कोलकाताले एक ओभर मात्र ब्याटिङ गर्न सक्यो ।

यो खेल रद्द भएपछि एक अङ्क प्राप्त गर्दै पञ्जाबले मुम्बई इन्डियन उछिन्दै अङ्क तालिकामा चौथो स्थानमा पुग्यो भने कोलकाता सातौं स्थानमा पुग्यो ।

खेलमा उत्कृष्ट ब्याटिङ गरेका प्रभसिमरन सिंहले आफ्नो नाममा एउटा अनौठो कीर्तिमान बनाए । यसैबीच, प्रियांश आर्यले फेरि एकपटक आफ्नो ब्याटिङबाट सबैको ध्यान खिचे ।

वर्षाका कारण नतिजा नआए पनि इडेन गार्डेनमा प्रभसिमरनका लागि त्यो रात अविस्मरणीय रह्यो ।

कोलाकाताविरुद्ध प्रभसिमरनले ६ छक्का र त्यति नै चौका प्रहार गर्दै ८३ रनको विस्फोटक इनिङ खेले । जुन आईपीएलमा उनको दोस्रो उत्कृष्ट प्रदर्शन हो ।

यति मात्र होइन, यस इनिङ्सका क्रममा प्रभसिमरनले पञ्जाब रेकर्ड बुकमा सधैँका लागि नाम लेखाए ।

उनी पञ्जाबका लागि एक हार आईपीएल रन बनाउने पहिलो अनक्याप्ड ब्याट्सम्यान बने । जसले कहिल्यै आधिकारिक अन्तर्राष्ट्रिय खेलहरूमा आफ्नो देशको प्रतिनिधित्व गरेको छैन त्यसलाई अनक्याप्ड क्रिकेटर भनिन्छ ।

प्रभसिमरन र प्रियांश पञ्जाबका लागि लगातार खेल परिवर्तनकर्ता साबित भइरहेका छन् ।

राजस्थानलाई हराएर बैङ्गलोर तेस्रो स्थानमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved