सुनको भाउ बढ्दा घट्यो चाँदी

नेपालभ्युज

सुनको भाउ बढ्दा घट्यो चाँदी

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत शुक्रबार सुन तोलामा १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved