काठमाडौं महानगरमा आज शोक बिदा

नेपालभ्युज

काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डङ्गोलको निधनमा आज (आइतबार) शोक बिदा दिएको छ ।

महानगरको प्रशासन विभागले सूचना जारी गदै आज शोक बिदा दिएको जानकारी दिएको हो ।

उपप्रधानपञ्चका रुपमा डङ्गोलले सहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पुर्याएको योगदानको सम्मान गर्दै महानगरले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ ।

स्वर्गीय डङ्गोलको शनिबार टेकुमा अन्येष्टि भइसकेको छ । पूर्वस्वास्थ्य राज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डङ्गोलको शुक्रबार निधन भएको थियो ।

२००४ साल माघ २९ गते जन्मिएका डङ्गोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved