आमाको मुख हेर्ने दिन : मातातीर्थमा मेला (तस्वीरहरू)

आमाको मुख हेर्ने दिन : मातातीर्थमा मेला (तस्वीरहरू)

काठमाडौं । आज (आइतबार) मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ ।

आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ आज देशभर याे पर्व मनाइँदै छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो ।

मातातीर्थ औँसीका दिन आज काठमाडौंको थानकोटनजिकै अवस्थित मातातीर्थमा धूमधामका साथ मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गरिरहेका छन् ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झिरहेका छन् ।

हेरौँ तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved