जम्मू-कश्मीर हमला : पाकिस्तानी दूतावासअगाडि प्रदर्शन (तस्वीरहरू) 

जम्मू-कश्मीर हमला : पाकिस्तानी दूतावासअगाडि प्रदर्शन (तस्वीरहरू) 

काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा वैशाख ९ गते आतङ्ककारी समूहले नेपाली युवा विद्यार्थी सुदीप न्यौपानेसहित २६ जना पर्यटकको ज्यान लिएको घटनाको विरोधमा नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरूले आतङ्ककारी आक्रमणको घोर निन्दा गर्दै कडा कारबाहीको माग गरेका छन् । उनीहरूले पाकिस्तानी सेनाध्यक्षले केही दिनअघि विश्व हिन्दू समुदायविरुद्ध दिएको अपमानजनक अभिव्यक्तिले समेत धार्मिक उत्तेजना फैलाएको भन्दै विरोध जनाएका छन् ।

नेपाल नागरिक अभियानले ज्ञापनपत्रमार्फत विश्व समुदायसँग आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन आह्वान गरेको छ । प्रदर्शनको क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा धर्ना बसेर आफ्नो आवाज बुलन्द गरेका थिए ।

तस्वीरहरू :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved