शिक्षक आन्दोलन: सरकारद्वारा वार्ता आह्वान, शनिबार बिहान छलफल हुने

नेपालभ्युज

शिक्षक आन्दोलन: सरकारद्वारा वार्ता आह्वान, शनिबार बिहान छलफल हुने

काठमाडौं । सरकारले विद्यालय शिक्षा ऐन जारी लगायतका माग राखी आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरूलाई छलफलमा आउन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार शिक्षकहरूसँग शनिबार बिहान ७:३० बजे वार्ता हुनेछ। मन्त्रालयले वार्ता र संवादका माध्यमबाट शिक्षकहरूको समस्या समाधान गर्न यसअघि शुक्रबार नै नेपाल शिक्षक महासङ्घलाई पत्राचार गरेको थियो। तर, कारणवश शुक्रबार भेटघाट तथा छलफल हुन सकेन।

शिक्षक महासङ्घ   चैत २० गतेदेखि आफ्ना विभिन्न मागहरू राखी काठमाडौं केन्द्रित आन्दोलनमा छ । सरकारले वार्ताको आह्वान गरेसँगै आन्दोलनकारी शिक्षकहरू छलफलमा सहभागी हुने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved