तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप एकजना पक्राउ

नेपालभ्युज

तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप एकजना पक्राउ

काठमाडौं । प्रहरीले गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न रहेको अभियोगमा थप एक जनालाई पक्राउ गरी बिहीबारसार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘गत चैत १५ गते काठमाडौं महानगरपालिका–३२ तीनकुने स्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धानको सिलसिलामा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड तथा आगजनीलगायत आपराधिक कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको हो ।’

उनलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको मिलान म्याद गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved