हेटौँडाबाट ७५ सय लागुऔषध ट्रामाडोलसहित २ युवक पक्राउ

नेपालभ्युज

हेटौँडाबाट ७५ सय लागुऔषध ट्रामाडोलसहित २ युवक पक्राउ

हेटौँडा । ७५ सय क्याप्सुल लागुऔषध ट्रामाडोलसहित २ जना पक्राउ परेका छन् ।

हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टस्थित पूर्व-पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिणामको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

सिम्ररौनगढबाट हेटौँडा बजारतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको पिकअप गाडीका चालक  बारा पचरौता नगरपालिका वडा नम्बर– ७ बेनौलीका २५ वर्षीय तिर्थलाल पासवान र सहचालक सोही ठाउँका २३ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।

गाडीको अगाडिको इन्जिन भएको भागमा लुकाई छिपाई राखि ल्याइएको अवस्थामा लागुऔषध बरामद गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved