सामान्य अङ्कले बढ्यो सेयर बजार

नेपालभ्युज

सामान्य अङ्कले बढ्यो सेयर बजार
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २ दशमलव ०८ अङ्कले बढेर २६५८ दशमलव ०२ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०८ कम्पनीका ७० हजार ७०३ पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

८३ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज नगदी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved