‘हेल्लो काँशीराम’को गीत ‘झ्याम्‌की मादल झ्याम्’ सार्वजनिक

नेपालभ्युज

‘हेल्लो काँशीराम’को गीत ‘झ्याम्‌की मादल झ्याम्’ सार्वजनिक

काठमाडौं । आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’को नयाँ गीत ‘झ्याम्‌की मादल झ्याम्’ सार्वजनिक भएको छ ।

बुढासुब्बाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक प्रताप दास र मेलिना राईको स्वर छ ।

नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको उक्त गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक कविराज गहतराज हुन् । गीतको भिडिओ काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायाङ्कन गरिएको हो ।

गीतको भिडिओमा कलाकारहरु दिलीप रायमाझी, प्रियङ्का कार्की, उमेश राई, सुमन खाँड, सरोज केसीलगायतको अभिनय छ ।

यसअघि चलचित्रको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । रेडलाइन फिल्म्स प्रा ।लि ।को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् भने चलचित्रमा पीबी थापाको लगानी रहेको छ । जानकारी अनुसार चलचित्रको कुल लागत करिब डेढ करोड पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved