बढ्यो सुनचाँदीको भाउ

नेपालभ्युज

बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved