श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति पक्राउ

नेपालभ्युज

श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् ।

यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौं परिसरको प्रहरी टोलीले नुवाकोट प्रहरीसँगको समन्वयमा तामाङलाई नियन्त्रणमा लिएको हो । उनीमाथि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved