पोखरा थण्डर्सको ऐतिहासिक जित, धनगढीलाई हराउँदै एनएसएल फाइनलमा

नेपालभ्युज

पोखरा थण्डर्सको ऐतिहासिक जित, धनगढीलाई हराउँदै एनएसएल फाइनलमा

काठमाडौं, वैशाख १० गते । पोखरा थण्डर्सले नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार दशरथ रंगशालामा भएको क्वालिफायर टु को रोमाञ्चक भिडन्तमा पोखराले साबिक उपविजेता धनगढी एफसीलाई १-० ले पराजित गर्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

खेलको निर्धारित समयसम्म दुवै टोलीबाट कुनै गोल हुन सकेन। तर, इन्जुरी समयमा पोखरा थण्डर्सका स्टेफेन समिर विनोङले निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

यो जितसँगै पोखरा थण्डर्सले एनएसएलको फाइनलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। उपाधि भिडन्त आउँदो शनिबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved